Logo

अर्थ

सानिमा जिआईसी इन्स्योरेन्सको सेयर मूल्य समायोजन



काठमाडाैं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५१.७१ रुपैयाँ कायम भएको छ ।

समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४७४.३० रुपैयाँ थियो ।

कम्पनीले आव २०८१/८२ को संचित मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार १०:१८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।