Logo

इन्स्योरेन्स

सिटिजन लाइफको नाफा ३६ करोडमाथि, आम्दानी १९.७८ प्रतिशतले बढ्यो



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ३६ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको चैतसम्म कम्पनीले ३५ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ०.६७ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३६ प्रतिशतले वृद्धि भई २४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यो कोष १८ अर्ब रुपैयाँ मात्र रहेको थियो

कम्पनीको समग्र आम्दानी १९.७८ प्रतिशतले बढेर ७ अर्ब ५६ करोड रुपैयाँ नाघेको छ । अघिल्लो वर्ष कम्पनीको खुद आम्दानी ६ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो । लगानी र बीमा पोलिसी धितोमा प्रवाह भएको कर्जाबाट प्राप्त आम्दानी बढ्नाले समग्र राजस्वमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

व्यवसाय प्रवद्र्धन र कर्मचारी व्यवस्थापनका कारण कम्पनीको खर्च पनि २०.९२ प्रतिशतले बढेर ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९.६० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३१.१७ रुपैयाँ कायम भएको छ । गत वर्ष प्रतिशेयर आम्दानी ९.५४ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलवार ११:४५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।