Logo

अर्थ

सानिमा जिआईसी इन्स्योरेन्सको आठौँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित



काठमाडाैं । सानिमा जिआईसी इन्स्योरेन्सको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बुधबार बसेको कम्पनीको साधारणसभाले सञ्चालक समितिबाट प्रस्ताव गरिएको चुक्ता पुँजी दुई अर्ब १५ करोड रुपैयाँबराबरको पाँच प्रतिशत अर्थात् १० करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर सर्वसम्मत पारित गरेको हो ।

सभामा कम्पनीका अध्यक्ष कुनाल कयालले गत आर्थिक वर्षको वार्षिक तथा वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए । कम्पनीको सातौँ साधारणसभाबाट पारित भएको चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयरबमोजिम हुन आउने ३६ लाख ५५ हजार कित्ता समावेश गरी बोनस सेयर जारी गरेपश्चात् हुने चुक्ता पुँजीमा पुनरावलोकन गर्न सक्ने अधिकार पनि सञ्चालक समितिलाई दिइएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहीबार १७:१५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।