Logo

अर्थ

दीपक भट्टविरुद्ध मुद्दा चल्दा वित्तीय क्षेत्रका ७ जना सीईओ निलम्बित



काठमाडौं । दीपक भट्टसँग सम्बन्धित मुद्दाका कारण वित्तीय क्षेत्रका ७ जना प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ) निलम्बित भएका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विशेष अदालतमा दायर गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाले २ पुनर्बीमा र ५ लघुबीमा कम्पनीका सीईओ निलम्बनमा परेका हुन् ।

नेपाल रिइन्स्योरेन्सका सीईओ सुरेन्द्र थापा, हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेलविरुद्ध मुद्दा दायर भएसँगै उनीहरू निलम्बनमा परेका हुन् ।

त्यस्तै, लिबर्टी माइक्रो लाइफका सीईओ रामकुमार यादव र क्रेष्ट माइक्रोका सीईओ प्रतापमान श्रेष्ठ रहेका छन् । यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेश कुमार रोका, गार्डियन माइक्रो लाइफका सीईओ चिरायू भण्डारी र नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्रनाथ रिमाल पनि यो सूचीमा समावेश छन् ।

त्यस्तै, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष समेत रहेका सहसचिव मदन दाहाल समेत निलम्बनमा परेका छन् भने अर्का पूर्वअध्यक्ष शरद ओझामाथि पनि मुद्दा दायर भएको छ ।

अहिले कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिमाथि फौजदारी कसुरमा मुद्दा दायर भएको अवस्थामा मुद्दाको टुङ्गो नलागेसम्म उक्त व्यक्ति पदबाट निलम्बित हुने व्यवस्था छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार १६:०२   :  बजे

570
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।