Logo

लुकाकुको २-० गोलद्वारा इन्टर मिलान विजयी



इटालियन सिरी ए मा इन्टर मिलान विजयी भएको छ । आइतबार सम्पन्न खेलमा इन्टर मिलानले टोरिनोलाई ४-२ गोल अन्तरले पराजित गरेको छ ।

इन्टर मिलान २-० गोल अन्तरले पछि परेको अवस्थामा शानदार कमब्याक गर्दै खेल ४-२ ले जितेको छ । इन्टरलाई जिताउन रोमेलु लुकाकुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका छन् । लुकाकुले खेलको ६७ र ८४औ मिनेटमा गोल गरेका थिए । त्यस्तै इन्टरका लागि एलेक्सिस सान्चेज र लाउतारो मार्टिनजले एक एक गोल गरेका थिए ।

त्यस्तै टोरिनोका लागि सिमोने जाजा र क्रिस्टियन अन्सालडीले एक एक गोल गरेका थिए ।जितसँगै इन्टर मिलान ८ खेलमा १५ अंक हासिल गर्दै पाँचौ स्थानमा उक्लिएको छ । त्यस्तै टोरिनोको भने ८ खेलमा ५ अंक रहेको छ भने लिगमा १८औँ स्थानमा छ ।

प्रकाशित : ७ मंसिर २०७७, आइतबार