Logo

अर्थ

बाढीपीडितका लागि जस्मिन पेन्ट्सको २५ लाख सहयोग



काठमाडौं । रसुवा बाढी पीडितका लागि जस्मिन पेन्ट्सले २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ । पेन्ट्सले राहत तथा उद्धार कार्यका लागि कोषमा जम्मा गरेको हो ।

पेन्ट्सका तर्फबाट प्रबन्ध निर्देशक लक्ष्मण अर्याल र कार्यकारी अधिकृत सौगात अर्यालले अर्थ मन्त्रालयमा गएर जम्मा गरेका हुन् ।

प्रधानमन्त्री राहत कोषमा अहिले विभिन्न संघसंस्था र व्यक्तिहरूले बाढी पीडितको राहतका लागि रकम जम्मा गरिरहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलवार १४:४९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।