काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री राहत कोषमा १३ करोड १ रुपैयाँ सहयोग गरेको छ ।
इप्पानका अध्यक्ष मोहन डाँगी लगायत पदाधिकारी तथा प्रतिनिधिहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई उक्त रकम बराबरकाे चेक हस्तान्तरण गरेका हुन् ।
गत भदौ १० मा रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडितका लागि राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको इप्पानले जनाएको छ ।
















प्रतिक्रिया