Logo

अर्थ

स्वरोजगार लघुवित्तले गर्‍यो विन नेपालको प्राप्ति, आजबाट एकीकृत कारोबार सुरु



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विन नेपाल लघुवित्तलाई प्राप्तिपछि आज भदौ २१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले अनुमतिपछि नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति लिएर विन नेपाल लघुवित्तको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्व व्यहोर्ने तथा सकार्ने स्वरोजगार लघुवित्तले जनाएको छ ।

एकीकृत कारोबार सुरु गरिने दिन भदौ २१ गते आइतबार १ दिनका लागि दुवै संस्थाको सम्पूर्ण बैंकिङ सेवा बन्द रहने सम्पूर्ण ग्राहक सदस्य, शेयरधनीलगायत नियामकहरु तथा सरोकारवालाहरुलाई संस्थाले जानकारी गराएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आईतवार ११:१२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।