Logo

अन्तर्राष्ट्रिय

ढल्यो आईएसको अन्तिम गढ, आतंककारी लाईनलागेर आए आत्मसमर्पणमा



केही वर्ष पहिलेसम्म दुनियाँमा बर्बर आतंकको विध्वंश मच्चाउने इस्लापकिम स्टेटको गढ अब पुरै भत्किएको अमेरिकाले दाबी गरेको छ । शुक्रबार इस्लामिक स्टेटको कब्जामा रहेको सिरियाको बागूज कस्बेलाई स्लामिक स्टेटबाट मुक्त गराएपछि अब इस्लामिक स्टेटको सबै गढ ध्यस्त भएको अमेरिकाले दाबी गरेको हो ।

अमेरिकाको नेतृत्वमा रहेको नेटो सेना तथा सिरिया डेमोक्रेटिक फोर्सले गरेको कारबाहीमा आतंकवादी संगठनले आत्मसमर्पण गरेका हुन् ।

आतंकवादीहरुमा के विषयमा डर थियो कुन्नी उनीहरु सैनिक विरुद्ध लाईन लागेर आत्म समर्पण गरेका छन् । त्यो फोर्सले यी आतंककारीहरुलाई आत्मसमर्पण गराएर ३६ ट्रकमा यिनीहरुको परिवारको साथमा पठाइदिएको छ । यस भन्दा पहिले यी आतंकवादीहरुलाई दबाउनको लागि नेटो सेनाले हवाई हमला गरेको थियो ।

डेली मेलको रिपोर्टका अनुसार इराकको नजिक रहेको यस इलाकामा आतंकवादी सेनाले एक सातादेखि घेराबन्दी गरेर राखेको थियो । यसको बावजूद सिरियाली सेनाले धेरै सामान्य नागरिकहरु समेत रहेकोले त्यो ठाउँलाई निशाना बनाएको थिएन ।

सिरिया डेमोक्रेटिक फोर्सका प्रवक्ता मुस्तफा बालीले भनेका छन् कि नेटो सेनाको नजिकबाट भएको हमलाका कारण यी आतंककारीहरुले आत्मसमर्पण गरेका हुन् । उनीहरुलाई अन्य नागरिकहरुबाट छुट्टै राखेर आत्मसमर्पण गराई परिवारको साथमा पठाईएको हो ।

प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार  १० : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।