काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको हो।
साइबर अपराधसम्बन्धी घटनाको अनुसन्धानका क्रममा ब्यूरोको टोलीले प्रसाईंलाई सोमबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।
प्रहरीका अनुसार पक्राउ परेका प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ।



















प्रतिक्रिया