Logo

अन्तर्वार्ता

परीक्षा रोकिएका बिद्यार्थीहरुले घरमै बसेर तयारी गर्न सक्ने : बिद्यानाथ कोईराला



सम्पुर्ण परीक्षा रोकिएका बिद्यार्थीहरुले घरमै बसेर तयारी गर्न सक्ने शिक्षाविद् बिद्यानाथ कोईरालाले बताएका छन् ।अहिलेको समयमा घरमै सम्पूर्ण सेवा सुविधा रहेको बताउदै कोईरालाले शिक्षकले मार्ग दर्शन दिन सक्ने बताए । कालिका एफएमसँग कुराकानी गर्दै उनले सरकारले आकस्मिक रुपमा निर्णय लिएकाले निर्णयमाथि बहस आवश्यक नरहेको बताए । यसै सन्र्दभमा प्रस्तुत छ कालिका एफएमले लिएको कुराकानीको संक्षित अंश :

सरकारको पछिल्लो निर्णयबाट विधार्थीमा मनोवैज्ञानिक प्रभाव के कति परेको होला ?

बिद्यार्थीमा मनोबैज्ञानिक डर छ कि परीक्षा अव कसरी दिने त्यो स्वभाविक हो अहिलेको समयमा तर अहिले सरकारले के गरेको ? भन्ने भन्दा पनि आफ्नो तयारीलाई कसरी जारी राख्ने भन्ने कुरा सोच्नुपर्ने हो ।शिक्षक महासंघ, प्याब्सन र एन प्याब्सनले घरमा बसेर केटाकेटीले पढ्ने बातावरण बनाउनुपर्छ ।पछिल्लो निर्णयले बिद्यार्थीमा छटपट्टी सँगै मनोबैज्ञानिक असर देखिएको छ । त्यसलाई कम गर्न अभिभावकले जिम्मेवारी लिन सक्ने हुनुपर्छ ।मेरो विचार मान्नु हुन्छ, मान्नु हुन्न त्यो मन्त्री ज्युहरुकै अधिकार हो, म त्यो निर्णायक तहमा पनि छैन, तर घरबाटै परीक्षा लिन पनि सकिन्छ ।

त्यो यहिँ स्रोत साधनबाट सम्भव छ त ? अनि तरिका के छ ?

सक्ने साधन स्रोतको व्यवस्थापन गर्ने काम सरकारको हो । अहिले प्याब्सन र एन प्याब्सनका केटाकेटीहरुसँग साधन स्रोत जुटाउन समस्या भएन, उहाँहरुका छोराछोरी नेट इन्टरनेटको पहुँचमा छन् तर त्यसलाई कसरी प्रयोग गर्ने ? बहस गर्न सकिन्छ ।अर्को सम्भावना के छ भने शिक्षकहरु नेट चलाउन नसके पनि कमसे कम फेसबुक चलाउन सक्ने हैसियतमा हुनुहुन्छ, त्यो शिक्षक मार्फत ल है विधार्थीलाई एउटा एउटा पाठ-एउटा एउटा जाँचको विषय बनाएर तयारी गराउन सकिन्छ ।

१५ दिन छुट्टी छ भने १५ वटा पाठ दिन सकिन्छ नि, एउटा एउटा जाँच लिए हुदैन ? एक दिन सामाजिक, अर्को दिन गणितको परीक्षा लिउँ न । त्यसकै आधारमा यो अवधीमा पढेको र कोरोनाको प्रभाव हटिसँकेको अवधीमा अध्ययन गरेका विषयवस्तु दाँजेर थप अध्ययनको आवश्यकताका बारेमा शिक्षकहरुसँग सल्लाह लिन सकिन्छ ।

बच्चाबच्ची घरमै बस्ने भएपछि अभिभावकको टाउको दुख्छ, त्यसलाई सिर्जनशिलतामा कसरी परिणत गर्न सकिएला ?

अभिभावकको सन्र्दभमा मैले देखेको….आफ्ना पालाको कुरा सिकाउने हो । यो त एउटा अवसर पनि हो नि : जस्तै, भनौं मेरो पालामा २ हजार रुपैंयामा एउटा भैसी पाउथे भनेर भन्दा अहिले पाउदैंन भन्दा अहिले त एउटा कुखुरो पनि पाउदैन भनेर भन्दा पनि मैले केटाकेटीलाई मुद्रा स्मृर्तिको विषय पठाउन सकियो ।

सँगैं घरमै हुने व्यवहार ऋणमा व्याजदरको पाठ पढाउन सकियो यस्ता धेरै विषयहरु हुन सक्छन् । अव धान्न नसकिने भो भन्ने त्यो किसिमको चिन्तनबाट रोक्ने काम मिडियाको हो नि । त्यो भयो भने अध्ययन सहज हुन सक्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार १३:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।