Logo

uncategorized

ज्ञानेन्द्र मल्लले फाइनल खेल नखेल्ने



काठमाडौंमा जारी ८ औं राष्ट्रिय खेलकुदको क्रिकेट अन्तर्गत प्रदेश स्तरिय छनोट प्रतियोगिता अन्तर्गत काठमाडौंबाट नेपाली राष्ट्रिय टोलीका ओपनर समेत रहेका ज्ञानेन्द्र मल्लले फाइनल खेल नखेल्ने भएका छन् ।

गत माघ १० मा धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाईटेडसँगको खेल बहिष्कार गरेको भन्दै टेक्नीकल कमिटीले मल्ललाई गत बिहिबार ४ खेलमा प्रतिबन्ध लगाएको थियो । आज काठमाडौं र ललितपुरबीच भएको सेमिफाइनल खेलसँगै मल्लको प्रतिबन्ध सकिएको छ ।

काठमाडौंले उपाधिको लागि लागि मकवानपुरसँग मंगलबार प्रतिस्पर्धा गर्दैछ । तर मल्लले फाइनल नखेल्ने जनाएका छन् । मल्लले पारिवारीक अस्वस्थताको कारण आफु पोखरामा रहेको कारण फाइनल नखेल्ने जानकारी दिए ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा मकवानपुरले चितवनलाई ३४ रनले पराजित गरेको छ । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा काठमाडौंले ललितपुरलाई ४ विकेटले पराजित गर्दै फाईनलमा मकवानपुरसँगको भेट पक्का गर्यो । फाईनल खेल मंगलबार दिउँसो १ बजेपछि मुलपानी क्रिकेट मैदानमा सुरु हुने छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार १८:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।