Logo

खाद्य विषाक्तता, खाना खाएर १ को मृत्यु, १५ बिरामी



कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये 
एकजनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । बिरामी भएका अन्य १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

वडाध्यक्ष रवीन्द्र शाहीका अनुसार यही भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् । सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ (खाद्य विषाक्तता) का कारण उनीहरु बिरामी परेको बताए । 

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १३:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।