Logo

कोशी प्रदेश

प्रदेश १ को नाम ‘कोसी’ राख्ने तयारी



प्रदेश १ ले आफ्नो नाम कोसीु राख्ने तयारी गरेको छ ।

सत्तारुढ नेकपाभित्र यसको नाम राख्न दुईथरी प्रस्ताव थिए । साबिक एमाले सांसदहरु कोसी प्रदेश राख्नुपर्ने र विकल्पमा सगरमाथा नाम राख्नुपर्ने पक्षमा थिए भने साबिक माओवादी सांसदहरु कोसीसँग किरात शब्द जोड्नुपर्ने पक्षमा थिए । दुवैले अडान छोडेर कोसी नाम राख्ने सहमति जुटेको हो ।

संघीय राजधानीको केन्द्रमा भने सहमति जुटेको छैन । केही सांसद विराटनगरलाई नै राजधानी बनाउनुपर्ने पक्षमा छन् भने केही इटहरी राख्नुपर्ने भन्दै लबिइङ गरिरहेका छन् । धनकुटाका विषयमा पनि जनमत राम्रै छ । तर धनकुटामा मुख्यन्त्रीको सम्पर्क कार्यालय राखेर विवाद समाधानको प्रयास भने मुख्यमन्त्री शेरधन राईले गरेका छन् ।

प्रदेश १ को सभाबाट नाम र राजधानी प्रस्ताव गर्ने समय वैशाख २२ गतेसम्म थपिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार ०७:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।