नेपाली काँग्रेस धादिङले आज एक भव्य कार्यक्रमका बीच जागरण अभियान सुरु गरेकाे छ ।सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएको छ ।
धादिङमा हुने जागरण अभियानकाे केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि प्रदिप पौडेलले विरुवामा पानी राखेर कार्यक्रम उद्घाटन गरे सँगै सुरु भएकाे हाे ।उद्द्घाट कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी पौडेलले आम कार्यकर्ताको सहभागीताले सरकारको गलत गतिविधिको स्थानीय तहसम्म भन्डाफोर र काग्रेसको आन्तरिक जिबनमा पुन जागरन गर्न लागिपर्न अनुरोध गरे।
आजबाट सुरु भएको पहिलो चरणको कार्यक्रम जिल्ला केन्द्रीत, दोस्रो चरण प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान स्थानीय तह केन्द्रीत हुने काँग्रेसले जनाएको छ ।आजबाट सुरु भएको पहिलो चरणको अभियान जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।
जसका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ ।अभियान सफल बनाउन काँग्रेसले सबै भातृसंगठनलाई परिचालन पनि गरिएको जनाएको छ ।अभियान उद्घाटनमा नेपाली काँग्रेस धादिङका नेता तथा कार्यकर्ताहरुकाे उपस्थित रहेकाे थियाे ।

यो पनि पढ्नुहोस्
यसैबीच प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांगेसका महामन्त्री डा. शंशाक कोइरालाले प्रधानमन्त्री तानाशाही बनेको आरोप लगाएका छन् । सबै अधिकारहरु आफ्नो हातमा राख्ने र काण्डै काण्ड मच्चाउने काम भएको भन्दै उनले कांग्रेसले यस्ता गतिविधिको सधै विरोध गर्ने बताए ।
नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा आज (बुधबार० देखि सुरु गरेको राष्ट्रिय जागरण अभियानका क्रममा रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै उनले सञ्चारमाध्यम, न्यायपालिका लगायतका क्षेत्रलाई सरकारले कठपुतली बनाएको आरोप लगाएका हुन् ।
यो सरकार काण्डै काण्डको सरकार भन्दै उनले ती काण्डहरु कांग्रेसले पर्दाफास गर्ने दावी गरे । ‘यो सरकारले निर्मला हत्याकाण्ड, बुढीगण्डकी काण्ड, एनसेल काण्ड, वाइटवडी काण्ड लगायतका थुप्रै अपराधहरुलाई लुकाएको छ, हामी पर्दाफास गर्छौ’ नेता कोइरालाले भने ।
उनले सरकार अधिनायकवादको गतल बाटोमा हिडेको भन्दै कांग्रेस खबरदारीमा लागिरहने बताए ।प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका सभापति एबम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संसदीय इतिहाँसमा कृष्णबहादुर महरा काँतर सभामुख भएको बताएका छन् ।
जागरण अभियानको कार्यक्रमका क्रममा बुधबार राष्ट्रिय सभाको कार्यक्रममा देउवाले भने,‘ मंगलबार (हिजो) हामीले प्रधानमन्त्रीको भाषा राम्रो भएन भनेर विरोध गर्दै डिलिट गर्न अनुरोध गरेका थियौं तर नेपालको इतिहाँसमा महरा डरपोक र काँतर सभामुख भएर निस्किएँ, डिलिट भएन ।’
सरकारको आलोचना गरेका उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नै राष्ट्रपति विद्या भण्डारीले बेलायतको महारानीको शैलीमा सम्बोधन गरेको उल्लेख गर्दै भने,‘सभामुख पनि निरिह देखिए, यहि हो कम्युनिस्ट शासन भनेको, कम्युनिस्टको शासन आयो भने यस्तै हुन्छ भनेको हो ।’सरकारले हरेक ठाउँमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकार एकतन्त्र र तानाशाही बन्न थालेको आरोप लगाए ।

















प्रतिक्रिया