Logo

विविध

कोरोना प्रभावः विश्वभर कन्डमको अभाव



विश्व बजारमा परिवार नियोजनको साधन कन्डम अभाव भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण उत्पादन कम्पनिहरु बन्द भएपछि कन्डमको अभाव देखिएको द गार्जियनले उल्लेख गरेको छ ।

विश्वमा कन्डमको सबैभन्दा उत्पादन गर्ने कम्पनी मलेसियाको कारेक्स बीएचडी कम्पनी हो । कोरोना संक्रमणका कारण हाल मलेसिया लकडाउन गरिएको छ । तर, शुक्रबारदेखि भने ५० प्रतिशत कामदार राखेर बीएचडीलाई कन्डम उत्पादनको अनुमति दिइएको बताइएको छ । कारेक्स बीएचडीका कार्यकारी प्रमुख गो मिया केट भन्छन्,‘ आधा जनशक्तिले कामगर्दा हामीलाई बजारको माग पूर्ति गर्न समय लाग्छ ।’

यस्तै, बेलायतको कन्डम निर्माता कम्पनी डुरेक्स पनि हाल लकडाउनका कारण संचालनमा आएको छैन।

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  १२ : २९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।