Logo

शेयर बजार

सुनको मुल्य घट्यो



सुनको मुल्य मंगलबार तोलामा ९ सय रुपैयाँ घटेको छ । सुन मंगलबार तोलाको ७२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा एक हजार रुपैयाँ बढेर सुनको मुल्य अहिलेसम्मकै महँगो ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ मंगलबार १३ डलरले घटेको छ ।

सोमबार प्रति औँस १५ सय ४२ डलरमा कारोबार भएको सुन मंगलबार प्रति औँस १५ सय २९ डलरमा झरेपछि नेपाली बजारमा पनि थोरै मुल्य घटेको हो । चाँदीको मुल्य भने मंगलबार घटबढ भएको छैन । चाँदी तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार ०९:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।