भारतीय कलाकार सुसान्त सिंह राजपुतको आत्महत्या पछि बलिउड भित्र हुने असमानता, दुव्र्यवहार, नातावादका कुरा बाहिर आउँन थाल्यो । नेपालमा पनि यसले वर्षौदेखि कुण्ठित भएर रहेर भावहरु पोखिने मौका पाए । त्यसैबीच अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले जोससँग सम्बन्ध छ भन्दै सामाजिक संजालमा पोष्ट गरेको स्टाटसमा नेपाली चलचित्र क्षेत्रको विकासका लागि सबै निर्माता पक्षपातपूर्ण व्यवहार र गुटबन्दीबाट बाहिर निस्किनु पर्छ भनेसँगै वहस, विवाद हुँदै अदालतसम्म मुद्दा पुगेको छ ।
यसैबीच अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफुले व्यक्तिको नभई प्रवृतिको कुरा गर्दा विषयलाई अदालतसम्म पु¥याइनु दुःखद भएको बताउनु भएको छ । न्यूज ट्वान्टी फोर टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्नमा कुराकानी गर्दै नायिका शाहले आफु चलचित्र क्षेत्र भित्रको वेथिति विरुद्ध डटेर लड्ने समेत बताउनु भयो । गम्भीर मुद्रामा शाहले सम्मानित अदालतबाट सत्यको पक्षमा फैसला हुनेमा विश्वास समेत व्यक्त गर्नुभयो । शाहले नेपाली चलचित्रको विकासका लागि निर्माताहरुले नव–कलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । यसो गर्न नसके चलचित्र क्षेत्रमा पढेलेखेका र योग्य कलाकारको खडेरी हुने उहाँको प्रष्टिकरण थियो ।
भूवन केसीकै कारणले ‘ड्रिम्स’बाट स्टार भएको मान्छेले अहिले उहाँलाई आरोप किन लगाउनु भयो रु भन्ने प्रश्नमा शाहले ‘यो विषयमा नबोली बस्नै सकिन । सुरुमा करियरको डरले बोल्न सकिन, अहिले बोले अन्याय सहन सकिन ।’ शाहले भन्नु भयो पिता समान भुवन केसीले बारम्बार आफ्नो नजिकको मान्छे लगाएर आफ्नो र परिवारको बारेमा नचाहिने आरोप लगाउने र खुल्लाम खुल्ला त्यो कुरालाई सामाजिक सञ्जालमा शेयर गर्ने गरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
उता, नायक भुवन केसीले भने काठमाडौँ जिल्ला अदालतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको बताइएको छ ।
प्रतिक्रिया