Logo

अन्तर्वार्ता

विवाह गर्नु सबैभन्दा गलत काम हो भन्ने धारणाले आनी बन्न पुगेँ – आनी छोइङ डोल्मा



 चर्चित गायिका आनी छोइङ डोल्माले आफू आनी बन्नुको कारण खुलाउनु भएको छ ।उहाँले कुनै एक समय विवाह गर्नु सबैभन्दा गलत काम हाे भन्ने धारणा आफूमा पलाएकाेले आनी बन्न पुगेको बताउनुभयाे ।

बाल्यकालकाे भाेगाइले गर्दा विवाह गर्नु सबैभन्दा गलत काम हाे भन्ने धारणा उहाँ थियाे । ‘मेरो प्यारो व्यक्ति भनेको मुवा हुनुहुन्थयो, उहाँको वैवाहिक जीवनमा जुन खालको दु:ख देखेँ, त्यसले गर्दा मलाई विवाह गर्नु सबैभन्दा गलत काम हाे भन्ने धारणा आएकाे थियाे, जसले गर्दा म आनी बन्न पुगेँ’, उहाँले भन्नुभयाे । तर अहिले उक्त धारणा फेरिएकाे पनि उहाँले बताउनुभयाे ।

यद्यपि अझै पनि आफूलाई विवाह गर्ने इच्छा नभएकाे उहाँले बताउनुभयाे । ‘अहिले पनि मलाई कसैले विवाह गर्ने इच्छा छ कि छैन भनेर सोध्यो भने, विवाह गर्ने इच्छा पटक्कै राख्दिनँ’, उहाँले भन्नुभयाे, ‘विवाह गर्नु भनेको मैले आफूलाई दु:खमा धकेल्नु हाे भन्ने खालको त्यो धारण अझै पनि गइसकेकाे छैन । तर विवाह भनेको नभइ नहुने चिज पनि हो, यसका सकारात्क पक्ष पनि छन् भन्ने अचेल लाग्छ ।’

हङकङबाट १५ करोड ‘शंकास्पद’ रकम नेपाल भित्र्याएको भन्दै मेगा बैंक नेपालले रोक्का गरिदिएको रकमबारे पनि उहाँले प्रस्ट पार्नुभयाे । ‘मैले कहीँकतै लुकाएर/छलेर ल्याएकी हाेइन, बैंक टु बैंक ल्याएको छु,’ उहाँले भन्नुभयाे, ‘मैले जसलाई पैसा राख्न दिएको थिएँ, उसैको बैंक अकाउन्टबाट मेरो बैंक अकाउन्ट नेपालमा आइपुगेको हो, गलत ठाउँबाट अवैध काम गर्ने मान्छेबाट आएको होइन ।’

उहाँले त्याे पैसा कलाकारिताबाट कमाएको पनि बताउनुभयो । ‘अन्तर्राष्ट्रिय रुपमा मेरो सांगीतिक प्रस्तुतिको मूल्यांकन गरिन्छ । त्यो आर्थिक रुपले उच्च छ । जुन त्यसलाई वरदानस्वरुप लिनुपर्छ’, उहाँले भन्नुभयाे, ‘अन्तर्राष्ट्रिय जगतमा मेरो कलाकारीताको जुन स्थान छ, जुन प्रतिष्ठा मैले कायम गरेको छु, ती कुराहरुलाई म आफ्नो घरमा ल्याएर त्यतिधेरै सुनाउदिनँ । किनभने मेरो मुख्य लक्ष्य त्यो होइन ।’

 

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार ०३:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।