Logo

अन्तर्वार्ता

‘मासु, मदिरा र धूम्रपान रहित समाजको परिकल्पना शाकाहारी पार्टीको मुल ध्येय हो’ अध्यक्ष खड्का (भिडियो सहित)



नेपाल शाकाहारी पार्टीका अध्यक्ष राधेश्याम खड्काले मासु, मदिरा र ध्रुमपान तथा दुर्व्यसन रहित समाजको परिकल्पना नै नेपाल शाकाहारी पार्टीको मुल ध्येय रहेको बताएका छन् ।

अनलाइनपाना संवादमा अन्तरवार्ताको क्रममा अध्यक्ष खड्काले यो पार्टी शाकाहारीको लागि नभएर मांसाहारहरुका लागि भएको टिप्पणी गर्दै अध्यक्ष खड्काले मानीसलाई मात्रै नभएर कुकुरहरूलाई नै शाकाहारी बनाउने अभियानमा आफ्नो पार्टी रहेको समेत उनको भनाइ छ ।

कुकुरलाई शाकाहारी बनाउने कुरा आफैंमा व्यंग जस्तो लागेपनी त्यो असम्भव नरहेको र देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा रहेका कुकुरहरूलाई अहिले नै शाकाहारी भोजनको व्यवस्था समेत गरिरहेको उनको दाबी छ ।

राजनीति पार्टी भएपनी सामाजिक आन्दोलन भएको बताउँदै अध्यक्ष खड्काले विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) पशुबाट मानिसमा सरेको पुष्टि भएको बताउँदै ‘कोरोना भाइरस पशुहरूको आशुँको श्राप’ भएको अभिव्यक्ति दिए ।

कोरोना भाइरसको महामारी फैलिएपछि ९० प्रतिशत मानिसहरू शाकाहार भै सकेको दाबी गर्दै अध्यक्ष खड्काले कोरोना भाइरसका कारण प्रकृतिलाई करुणाको सन्देश दिनकै लागि आएको समेत जिकिर गरे ।

आगामी आम निर्वाचनमा १० हजार युवा नेतृत्वको विकास गरेर २५ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरूको साथमा मिलेर अर्को निर्वाचनको लागि पूर्वाधार निर्माणमा लाग्ने उनको भनाइ छ । व्यक्ति परिवर्तन भन्दा व्यवस्था परिवर्तन आफूहरूको मुल लक्ष्य रहेको उनको भनाइ छ ।

हेर्नुहोस भिडियो:

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आईतवार १४:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।