भारतमा एकैदिन अहिले सम्मकै उच्च कोरोना संक्रमित भेटिएको छ । भारतमा एकैदिन १२ हजार ३१ जनामा कोरोना संक्रमण भेटिएको हो ।
यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ लाख २१ हजार ६ सय २६ पुगेको छ ।
यसअघि लगातार तीन दिनसम्म ११ हजार बढी संक्रमित भेटिएका छन् ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ मन्त्री तथा अधिकारीसँग समीक्षा बैठकको आयोजना गरेका छन् । यतिबेला महाराष्टङ र दिल्लीसमेत सबै राज्य–केन्द्र शासित प्रदेशको स्थितीबारे चर्चा भयो । मोदीले १६ र १७ जूनमा छैटौं पटक सबै मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्सिङ पनि गर्नेछन् ।



















प्रतिक्रिया