स्पेनिस ला लिगा अन्तरगत आइतबार राती भएको खेलमा उपाधि होडमा रहेको रियल म्याड्रिड बिजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रीडले एइबरलाई ३-१ गोलअन्तरले पराजित गर्दै शिर्षस्थानको बार्सिलोनामाथिको दबाब कायम राखेको हो ।
रियल म्याड्रिडले पहिलो हाफमै तीन गोल गरेर दोस्रो हाफमा एक गोल खाएको हो । जिनेदिन जिदानको टिमका लागि चौथो मिनेटमा टोनी क्रसले गोल गरेर सुरुवाति अग्रता दिलाए । ३० औँ मिनेटमा सर्जियो रामोस तथा ३७ औँ मिनेटमा मार्सेलोले गोल गरेका हुन् । एइबरका लागि ६० औँ मिनेटमा बिगासले एक गोल फर्काए ।
जितपछि दोस्रो स्थानको रियल म्याड्रिडको २८ खेलबाट ५९ अंक भएको छ । अर्थात रियल मड्रिड बार्सिलोना भन्दा दुई अंकले पछि रहेको छ । रियल म्याड्रिडले कोरोना भाइरसको महामारीका कारण रोकिएको खेल तीन महिनापछि सुरु हुँदाको पहिलो खेलमा जित निकालेको हो ।



















प्रतिक्रिया