कालापानी क्षेत्रमा गस्ती गर्न निस्केको सशस्त्र प्रहरीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ ।
कालापानी क्षेत्रमा गस्तीमा निस्केको सशस्त्र प्रहरी बलको टोलीलाई भारतीय सीमा सुरक्षा बलले कालापानी भन्दा निकै वर नै अवरोध गरेको हो । प्राप्त जानकारी अनुसार सशस्त्रको टोली कालीनदीको तिरैतिर कालापानी जान खोज्दा कावा भन्ने ठाउँमा नै भारतीय सशस्त्र प्रहरीलाई भारतीय सीमा सुरक्षा बलले अवरोध गरेको हो ।
नेपाल तर्फका १५ जना सुरक्षाकर्मीहरुलाई कालापानी क्षेत्रमा गस्ती गर्न जाँदा भारतीय सीमा सुरक्षा बलले कावा भन्ने ठाउँबाटै फिर्ता पठाएको भन्ने जानकारी प्राप्त भएको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले समेत पुष्टि गरे ।
भारतीय सुरक्षाकर्मीहरु कालापानीभन्दा २ किलोमीटर नेपालतर्फ आएर सशस्त्र प्रहरीलाई अवरोध गरेको हो । भारतीय सुरक्षाकर्मी नेपाली भू-भागमा आउने तर आफूहरू आफ्नो भू-भागमा गस्ती गर्न किन नआउने भनेपछि उनिहरुले विवादित क्षेत्रमामा नआउन र आफूहरू पनि नआउने जवाफ दिएको गस्तीमा खटिएका एक प्रहरीले जानकारी दिए ।
गत वैशाख ३१ गते दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको आउट पोस्ट स्थापना भएको थियो । २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरी सहितको टोली छाङरुमा छ ।
भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि आज नेपाली सेनाको हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली पठाइएको थियो ।
छाङरु कालापानीबाट करिब १२ किलोमिटर दक्षिणपूर्वमा पर्दछ । सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको थियो ।




















प्रतिक्रिया