नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएको संक्रमित मध्ये ३५ महिला र ४१६ जना पुरुष रहेको जानकारी दिएका छन् ।
कुल संक्रमितमध्ये ५ हजार ७ सय ४० पुरुष र ४ सय ७१ महिला छन् । कुल ७३ जिल्लामा संक्रमित पत्ता लागेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी, अहिलेसम्म एक हजार ४१ जना संक्रमित भएकाहरु निको भएका छन् । जसमध्ये ९३७ पुरुष र १०४ महिला छन् ।
यसअघि हिजो एकै दिन ४ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएपछि नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ५ हजार ७ सय ६० पुगेको थियो । संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।
जेठभर ५ हजार ५ सय १७ जना कोरोना भाइरसको संक्रमित बढेका छन् । वैशाखको अन्तिम दिनसम्म २ सय ४३ संक्रमित संख्या पुगेकोमा जेठभर साँढे पाँच हजार संख्या वृद्धि भएको हो ।
सोमबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ।
















प्रतिक्रिया