नेपाली कांग्रेसको कोभिड १९ अनुगमन समितिले कोरोना रोकथाममा सरकार असफल भएको निष्कर्ष निकालेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ साल जेठ २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले कोभिड–१९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अनुगमन गर्न प्रकाशमान सिंहको संयोजत्वमा समिति गठन गरेको थियो ।
उत समितिले सरकारले काेराेना नियन्त्रण गर्न चुकेकाे निष्कर्ष निकालेकाे हाे ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र अन्य दलहरु, नागरिक समाज र जनताको निरन्तरको साथ, सुझाव र दबाबका बावजुद सरकार कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्ने काममा गम्भीर रुपमा प्रस्तुत नभएको समितिले बताएको छ ।
नेपाली कांग्रेस एउटा जिम्मेवार प्रतिपक्षी दलको नाताले कोभिड–१९ को संक्रमणले ल्याएको संकटमा आम नागरिकले भोगेका समस्याहरु, मुलुकको सामाजिक–आर्थिक क्षेत्रमा परेको प्रभावका साथै कोभिड–१९ नियन्त्रणमा सरकारको काम कारवाहीको अनुगमन गर्ने उद्देश्यले यो समिति गठन गरेकाे दाबी छ ।
नेपाली कांग्रेसलो सुरुवातिदेखि नै कोरोना भाइरसले संम्भावित संक्रमणलाई जोगाइराख्नका लागि सचेत गराउदै आएको थियो ।
कोभिड–१९ विरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्ने आशयका साथ सरकारले स्थापना गरेको ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा सुरुमै कांग्रेसले ५० लाख रुपैयाँ नगद जम्मा गरेको थियो ।
शेरबहादुर देउवाले पटक–पटक प्रधानमन्त्रीलाई भेटेर कोभिड–१९ नियन्त्रण बारे सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
सरकारले कोराना भाइरस संक्रमीतको परीक्षणको दायरा बढाउन नसकेको सिमितिले जनाएको छ ।
त्यस्तै सरकारले क्वारेन्टाइको व्यवस्थापन आर्थिक क्षेत्रलाई चलायमान बनाउन नसकेको आरोप समितिको रहेको छ।
सरकारले परीक्षणकाे दायरा बढाउन नसक्दा काेराेनाकाे संक्रमणा झनै फैलिन पुगेकाे जनाएकाे छ । क्वारेन्टाइनकाे उचित व्यवस्थापन गर्न नसक्दा क्वारेन्टाइन नै काेराेनाकाे इपिसेन्टर बन्न थालेकाे भन्दै सरकारलाइ काेराेना नियन्त्रणामा गम्भिर हुन अाग्रह गरेकाे छ ।



















प्रतिक्रिया