दोलखामा भूकम्पको धक्का महसुस भएको छ ।
दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएका हो ।
आज बिहान ९ः५३ बजे ४।१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताए ।



















प्रतिक्रिया