Logo

खेलकुद

बोरुसिया डर्टमुण्ड पराजित, बार्यन म्युनिख भन्दा १० अंकले पछि



जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड पराजित भएको छ । अवे मैदानमा भएको खेलमा बोरुसिया मेन्ज ०५ सँग २–० ले पराजित भएको हो ।

मेन्जका लागि ३३ औँ मिनेटमा बुर्कार्डट् र ४९ औँ मिनेटमा पाएको पेनाल्टीमा मातेताले गोल गरेका हुन् । जितपछि मेन्जको रेलिगेशनबाट जोगिने सम्भावना बढेको छ ।

पराजयले उपाधि पक्का गरिसकेको शीर्ष स्थानको बार्यन म्युनिखसँगको अंक दूरी कम गर्ने मौका बोरुसियाले गुमाएको छ । बोरुसिया बार्यन भन्दा १० अंकले पछि परेको छ । ३२ खेलबाट बार्यनको ७६ तथा बोरुसियाको ६६ अंक रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार ०६:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।