Logo

समाचार

थप ४२१ जनामा कोरोना भाइरस पुष्टि, नेपालमा काेराेनाकाे संख्या ९ हजार नाध्याे



नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।

त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा १९४ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म १ हजार ४ सय ७२ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। जसमध्ये एक सय ४९ महिला १६ सय २३ जना पुरुष रहेका छन्।

प्रकाशित मिति : ७ असार २०७७, आईतवार १६:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।