इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको मार्सिसाइड क्लब लिभरपुल बराबरीमा रोकिएको छ । गुडिसन पार्कमा आइतबार भएको मर्सिसाइड ‘डर्वी’ भिडन्तमा लिभरपुल एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको हो ।
बराबरीसँगै लिभरपुलको उपाधियात्रा थप लम्बिएको छ । लिभरपुललाई च्याम्पियन बन्न ६ अंकको आवश्यकता छ । लिभरपुलले अझै च्याम्पियन बन्नको लागि दुई जित निकाल्नुपर्ने भएको छ । एभटर्नमाथि जित निकाल्न सकेको भए लिभरपुलले बाँकी एक खेलमा जित पारे च्याम्पियन बन्ने थियो । लिभरपुल ३० र्वापछि प्रिमियर लिग च्याम्पियन बन्ने संघारमा छ । घरेलु टोर्लाी दवावमा राखेपनि लिभरपुलका अग्रपङ्तिका खेलाडीले एभर्टनको बलियो र चुस्त रक्षापङ्ति तोड्न सकेन ।
खेलको चौथो मिनेटमा नै ब्राजिली मिडफिल्डर रिचार्लीसनले गोलको सुन्दर अवस गुमाउदा एभर्टन अग्रता लिनबाच चुकेको थियो । ३०औं मिनेटमा एलेक्सान्डर अर्नाेल्डको क्रसमा जोए मटिपको पावरफुल हेडर पोस्टबाट थोरै बाहिरिदा लिभरपुलले खेलमा अग्रता लिने अवसर गुमायो । ३४औं मिनेटमा लिभरपुलका मिनामिनोको प्रहारले पोस्टको गति लिन सकेन । ४१औं मिनेटमा एलेक्सान्डर अर्नाेल्डको प्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले बचाउदा पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो ।
दोस्रो हाफमा पनि लिभरपुलले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोल गर्न सकेन । ५१औं मिनेटमा नवेी केइटार रोवर्टाे फिर्मिन्होको वान टु वान पासमा फिर्मिन्होको प्रहार बाहिरियो । ६१औं मिनेटमा एभर्टनका डोमिनिक काल्भर्ट लेविनको पासमा रिचार्लीसनको प्रहारलाई लिभरपुलका रक्षक भर्जिन भान डाइकले क्लियर गर्दै संकट टारे ।
८०औं मिनेटमा रिचार्लीसनको प्रहार पोस्टमा लागेर फर्कदा एमर्टन पुन अग्रता लिनबाट चुक्यो । ८२औं मिनेटमा रिचार्लीसनको अर्काे प्रहारलाई लिभरपुलका ब्राजिली गोलरक्षक एलिसन बेकरले विफल पारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर अर्नाेल्डको फ्रिकिकमा फाविन्होको प्रहार गोलरक्षक विट भएपनि पोस्टबाट थोरै बाहिरिदा लिभरपुल अग्रता लिनबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल गोलरहित बरारीमा टुंगियो ।
बराबरीसँगै लिभरपुलको ३० खेलबाट ८३ अंक पुगेको छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा २३ अंक बढी हो । सिटीको २९ खेलबाट ६० अंक छ । एभर्टन ३८ अंक जोडेर १२औं स्थानमा छ ।
लिग अन्तर्गत आइतबार राति भएका अर्को खेलमा चेल्सी विजयी भएको छ । चौथो स्थानको चेल्सीले अवे मैदानमा भएको खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको एस्टन भिल्लालाई २–१ ले पराजित गरेको हो ।
रेलिगेशनको जोखिममा रहेको एस्टन भिल्लाले पहिलो हाफमा अग्रता लिएर पनि जोगाउन सकेन । ४३ औँ मिनेटमा हायुजको गोलबाट भिल्लाले अग्रता लिएको थियो ।
तर ६० औँ मिनेटमा पुलिसिकले चेल्सीका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि ओलिभर जिरउडले गोल गरेर चेल्सीको जित निश्चित गरेका हुन् ।
जितपछि फ्र्यांक लाम्पार्डको टिम चेल्सीको ३० खेलबाट ५१ अंक भएको छ । उ तेस्रो स्थानको लेस्टर सिटी भन्दा तीन अंकले पछि र पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेड भन्दा पाँच अंकले अघि रहेको छ ।
१९ औँ स्थानमा रहेको एस्टन भिल्लाको ३० खेलबाट २६ अंक रहेको छ । उ रेलिगेशन जोनबाट माथि रहेको वेष्ट ह्यामभन्दा एक अंकले पछि परेको छ ।




















प्रतिक्रिया