सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता अग्नि प्रसाद सापकोटाले नेपाली भूमी कालापानी बाट प्रथम चरणमै भारतीय सेना हटाउनु पर्ने बताएका छन् । अनलाइनपाना डटकमसँगको अन्तरवार्ताको क्रममा नेता सापकोटाले लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका अतिक्रमित नेपाली भू-भाग फिर्ता ल्याउनको लागि पार्टी र सरकार कुटनैतिक पहलमा लागीरहेको उनको भनाई छ । पार्टीको सचिवालय बैठकले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको…