राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी पार्टी एकीकरणप्रति असन्तुष्ट रहँदै आएका पूर्वमन्त्री दीपक बोहरासहितका नेता कमल थापा नेतृत्वको राप्रपा प्रवेश गरेका छन् ।आइतबार बानेश्वरमा आयोजित कार्यक्रममा बोहरासहितका नेताहरूलाई अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराएका हुन् । राप्रपा प्रवेश गर्नेहरूमा बोहरासहित तत्कालीन राप्रपा प्रजातान्त्रिकका कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप उदय, सहायक महामन्त्रीद्वय बिन्दु पहाडी र राजेन्द्र…