काठमाडौं । गठबन्धन दल माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको टिप्पणीप्रति प्रश्न गरेका छन् । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा मंगलबार भाग लिँदे पुनले ‘जसको हितका लागि बजेटमा व्यवस्था गरिएको छ ती सबै गठबन्धनकै हुन् त ?’ भन्दै प्रश्न गरेका हुन् ।
पुनभन्दा पहिले बजेटमाथिको छलफलमा सहभागी हुँदै पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटलाई ‘चुनावी घोषणापत्र’ भनेपछि त्यसको जवाफ पुन फर्काएका हुन् ।
‘पूर्व वक्ता माननीयले गठबन्धन सरकारको चुनावी घोषणापत्र भन्नुभयो,’ पुनले भने, ‘गठबन्धनको घोषणापत्र हो भने– कर्मचारी, सेना, प्रहरी लगायत जो छन् सबै गठबन्धनका मानिस नै भए ? ६८ वर्षकाले बृद्धभत्ता पाउने छन् ती सबै हाम्रै भए त ? किसान सबै गठबन्धनका हुने भए त ? कृषिमा गरिएको लगानी वृद्धि भएको छ, त्यसो भए ती सबै किसान गठबन्धनकै हुने भएन त?’
आलोचनालाई पनि सकारात्मक रुपमा गर्न सके राम्रो हुने भन्दै नेता उनले अघिल्लो पटक संसद् विघटन भएको बेला फुलफेज आकारमै बजेट ल्याएको विषयलाई नबिर्सनसमेत उनले स्मरण गराए।




















प्रतिक्रिया