Logo

प्रमुख समाचार

बालेन र हर्कप्रति शंकर पोखरेलको कटाक्ष : एक्लै समाज बदल्छु भन्ने कुरा असम्भव



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने बताएका छन् ।
बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले उनीहरू राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताए ।

‘असन्तुष्टिहरू बालेन वा साम्पाङका रूपमा बेला बखत प्रकट हुन्छन् । तर त्यो राज्य सञ्चालकको प्रवृत्ति होइज’, उनले भने, ‘राजनीतिमा नो भोटको प्रवृत्तिका रूपमा त्यस्ता पात्र, प्रवृत्तिहरू देखा पर्छन् । दलहरूले मुलुकलाई सही प्रकारको विकल्प दिन नसक्दा मतदाताले विद्रोह गरे र स्वतन्त्र व्यक्तिहरू विजेता बनेका छन् । उनीहरू साच्चै राजनीतिमा सफल हुन चाहान्छन् भने संस्थागत प्रकृयामा जोडिनु जरुरी छ । एक्लै समाज बदल्छु भन्ने कुरा यो न हिजो सम्भव भएको थियो न भोलि सम्भव हुन्छ ।’

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताए । दलहरूको गठबन्धनले देश बनाउन नसकिने पनि उनको भनाइ छ । जति धेरै दलहरू हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षेप हुने पाखरेलले बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १७:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।