Logo

कात्तिक २५ गतेदेखि प्रथम पाँचपोखरी कप फुटबल प्रतियोगिता सुरु



पाँचपोखरी थाङपाल गाउँपालिकाले तिहारलाई लक्षित गरी प्रथम पाँचपोखरी कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ । 

 

आयोजक भोताङ फुटबल क्लबका अनुसार सिन्धुपाल्चोकको पाँचपोखरी गाँउपालिका वडा नम्बर ३ को भोताङ यार्सा खेल मैदानमा आगामी साता कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म प्रतियोगिता संचालन हुनेछ ।

 

कोरोनाका कारण अस्तव्यस्त भएको खेल क्षेत्र, खेलाडीको स्वास्थ्य, पर्यटन क्षेत्रलाई पुनः उजागर गर्ने हेतुका साथ “राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल, पर्यटनका लागि खेल र पाँच पोखरीका लागि खेलकुदु” भन्ने मूल नारा यो प्रतियोगितामा राखिएको आयोजकले बताएको छ । 

 

प्रतियोगितामा  सामेल हुनका लागि प्रत्येका क्लबले तोकिएको दर्ता शुल्क १० हजार तिर्नुपर्ने छ । दर्ता गर्ने अन्तिम मिति कार्तिक २४ गतेसम्म राखिएको छ ।  प्रतियोगितामा प्रथम हुने क्लबले नगद रु. ५० हजार र दोस्रो हुनेले २५ हजार प्राप्त गर्नेछ । 

खेलमा म्यान अफ दि म्याच, म्यान अफ दि टुर्नामेन्ट, बेष्ट किपर र टप स्क्रोररलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिमको बाबजुद स्वास्थ्य सतर्कताका नियमहरु पालना गरी प्रतियोगिता आयोजना हुने लागेको आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार १३:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।