Logo

प्रवास

एकाएक फेरि भेटियो चीनको राजधानी बेइजिनमा कोरोना



चीनको राजधानी बेइजिनमा ५० दिनपछि फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ।वुहानमा कोरोना महमारी फैलिएसँग बेइजिनमा पनि संक्रमण देखिएको थियो। संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई तत्काल पहिचान गरेर परीक्षण तथा क्वारेन्टाइनमा राखेपछि संक्रमण फैलिन पाएको थिएन। तर, त्यसको ५० दिनपछि फेरि संक्रमण देखिएको जनाएको छ।

चिनीयाँ सञ्चारमाध्यमका अनुसार बेइजिनको चिनफाडी बजारमा ४५ जनाका कोरोना देखिएको हो। शंका लागेपछि पाँच सय १७ जनाको परीक्षण गरिएको थियो। संक्रमण देखिएसँगै त्यो बजारका १० हजार जनाको कोरोना परीक्षण गरिने भएको छ।

कोरोना देखिएसँगै बेइजिनमा पनि लकडाउन लागू गरिएको छ। उनीहरुको सम्पर्कमा आएका व्यक्तिको खोजी भइरहेको जनाएको छ।

चीनमा अहिलेसम्म ८३ हजार एक सय ३२ जनामा कोरोना देखिएको छ। जसमध्ये चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ भने ७८ हजार तीन सय ६९ जना निको भइसकेका छन्।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आईतवार १२:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।