Logo

बैंकिङ

डिलाईट सहकारीको चरम बदमासी, १ हजारको झुटो बिल बनाएर १० हजार ठगी



काठमाडौं । बिना कारण कुनै पनि व्यक्ति वा संस्थाले कसैको पनि सम्पत्तिमाथी हक जमाउँन पाउँदैन वा लिन पाउँदैन । तर एक सहकारीले आफ्ना ग्राहकको मोबाईलमा रिचार्ज गरिदिएको भन्दै १० हजार असुलेको पाइएको छ । अनामनगरमा रहेको डिलाईट बचत तथा ऋण सहकारी संस्थाले एक ग्राहकको मोबाईलमा १० हजार रिचार्ज गरिदिएको भन्दै १ हजारको स्लिप दिएर उक्त रकम असुलको हो ।

सहकारीको झुट यस कारण पनि प्रस्ट हुन्छ कि उक्त सहकारीमा खाता खोलेका व्यक्तिले समेत नचिन्ने व्यक्तिको नाममा १ हजारको स्लिप २०७६ पौष ४ गतेका दिन दिएको छ तर ती ग्राहकको खाताबाट रकम काटिएको जानकारी भने २०७७ असोज १२ गते मात्र दिएको छ । 

नाम नबताउँने शर्त राखेका ती ग्राहकले भने – “हरेक महिना म आफैंले मोबाईलमा रिचार्ज गर्ने गरेको छु तर अचानक मेरो मोबाईलमा रिचार्ज गरिदिएको भन्दै खाताबाट रकम कटाई दियो । यो सहकारीले मलाई समेत छोडेन भने अरु व्यक्तिहरुको खातामा पनि गढबढी गरेर ठगेको हुनु पर्छ ।”

रकम ठुलो होस् या सानो पसिनाको कमाई नै हो । यो सहकारीले बिना कारण रिचार्ज गरेको भनेर ठग्यो । त्यो रकम मेरो मोबाईलमा कहिल्यै रिचार्ज भएको छैन । – उनको भनाई रहेको छ । 

यसरी अनाहकमा ग्राहकको रकम काटिएको सम्बन्धमा सहकारीका प्रमुख कार्यकारी अधिकृत पदम नारायण त्रिपाठी (पशुपति)सँग प्रतिक्रिया माग्दा उक्त आरोप झुटो भएको दाबी गरे । घुमाउरो पाराले सहकारीको गल्ती भएको स्विकार गर्दै प्रमुख त्रिपाठीले ती ग्राहक पीडित नै भएको भए समस्या समाधान गर्न सहकारी तयार रहेको बताए । 

बेला बेलामा विभिन्न प्रकारका बिवादमा आउँने गरेको यो सहकारीमा अरु बदमासी समेत हुने गरेको भुक्तभोगीले बताएका छन् ।

हेर्नुहोस् स्टेटमेन्ट पत्र र झुटो बिल :

Bill.jpg

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार १४:४६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।