Logo

सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मल्लको काेराेनाबाट निधन



सुदूरपश्चिमका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको काेराेना संक्रमणबाट निधन भएको छ।  

संक्रमणपछि काठमाडाैंमा उपचारत उनकाे बुधबार राति निधन भएकाे परिवारजनले जनाएकाे छ। मल्लको कोरोना भाइरसको संक्रमणबाट निधन भएको उनका पूर्वस्वकीय सचिव धनसिंह क्षेत्रीले पुष्टि गरे। मल्ल निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित थिए

कैलालीको भजनीका स्थानीय मल्ल शेरबहादुर देउवा सरकारकाे पालामा प्रदेश प्रमुख बनेका थिए। तर केपी ओली सरकारले कांग्रेसबाट नियुक्त प्रदेश प्रमुख बर्खास्त गर्दा उनले पनि पद गुमाएका थिए। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उनी गणतन्त्र पश्चात कांग्रेसमा प्रवेश गरेका थिए। उनी कैलाली क्षेत्र नम्बर ३ बाट पटकपटक राष्ट्रिय पञ्चायत सदस्य बनेका थिए।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ९ : ०१ बजे