बुधबार बन्द रहेको बजार अर्को दिन (बिहीबार) खुल्दा सुनको मूल्य सात सय रुपैयाँले उकालो लागेको छ । सुनको मूल्य बढ्दा चाँदी भने स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन पनि तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार सात सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।
सुनको मूल्य सात सय रुपैयाँले बढ्दा चाँदीको भने स्थीर रहेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।




















प्रतिक्रिया