Logo

स्वास्थ्य

एकै दिनमा तीन जनाको मलामी, बारपाकमा महामारीले तनाव



एघार सय घरधुरी एकै ठाउँ झुरुप्प रहेको बारपाकमा कोरोना महामारी भयावह बनेको छ । दिनमै तीन जनासम्मको मृत्यु भइरहेको छ । 

तर, स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेका छैनन् । सय-डेढ सय जनासम्म मलामी गइरहेका छन् । कोरोना परीक्षण गर्न पनि स्थानीय अनिच्छुक देखिएका छन् । 

जेठ महिना लागेदेखि १३ दिनमा १२ जनाको मृत्यु भएको स्थानीय जितबहादुर घलेले बताए । 

यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ८ : ३७ बजे