Logo

समाचार

जापानमा स्वास्थ्य संकटकाल तीन हप्ता लम्बियो



कोरोना भाइरस महामारी नियन्त्रणका लागि जापानले घाेषणा गरेकाे स्वास्थ्य संकटकाल लम्ब्याएकाे छ। नौ प्रान्तमा थप तीन हप्ताका लागि संकटकाल लम्ब्याएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

जापानमा पछिल्लो समय संक्रमण दर घटिरहेकाे छ। तर, अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि संकटकाल थपिएकाे हाे। 

जापानले रेस्टुरेन्टमा मदिरा बिक्री गर्न राेक लगाएकाे छ भने अन्य प्रत्यक्ष सेवा दिन रोक लगाइएको छ। विद्यालय बन्द गरिएका छन्। ठूलो खालका भेला तथा सम्मेलन गर्दा स्वास्थ्य सुरक्षाका नियम कडाइका साथ लागू गरिएकाे छ।

जापानमा सात लाख ३८ हजारभन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने १२ हजार ८ सय १९ जनाको ज्यान गएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार ०७:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।