Logo

राजनीति

तीव्र विवादका बीच पहिलेकै इजलासबाट सुनुवाइ हुने



अधिवत्ताहरुले संवैधानिक इजलास गठनमा तीब्र प्रश्न उठाएपनि मंगलबार पहिले गठन भएकै समूहले संसद विघटन सम्बन्धी सुनुवाई गर्ने भएको छ । संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आज तेस्रो दिन सुनुवाई हुँदैछ । 

शुक्रबार र आइतबारको बहसमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश परिवर्तन हुनुपर्ने अधिवक्ताहरूले माग गरेका थिए । मंगलबारको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहितको बेन्चले नै गर्ने भएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार १०:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।