दोस्रो दिन ४५ अंकको करेक्शनपछि तेस्रो दिन १२.७१ अंकले घटेको छ । मंगलबार शेयर बजार परिसूचक नेप्से १२.७१ अंकले घटेर २७७०.१२ अंकको विन्दुमा बन्द भएको छ ।
शेयर बजार घट्दा शेयरबजारका सम्पूर्ण परिसूचक राताम्मे देखिएका थिए । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ३.४३ अंकले घटेर ४९७.१२ अंकको विन्दुमा बन्द भएको छ ।
मंगलबार दुई सय १६ कम्पनीको ९८ हजार ६०७ पटकको व्यापारमा एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ताको खरिदविक्री हुँदा आँठ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक तीन हजार ४०२ पटकको व्यापारमा ५७ करोड ८ लाख १५ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ । शेयर संख्याका आधारमा लुम्बीनी विकास बैंकको सर्वाधिक ७ लाख १४ हजार ५८७ कित्ता शेयरको खरिदविक्री भएको छ ।
दोहोरो अंकले घटेको बजारमा कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सर्किट बे्रक लागेको छ । दिव्यशोरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.०२ प्रतिशतले घटेको छ ।
मंगलबारको समूहगत परिसूचकमध्य १३ समूहको कारोबार भएकोमा ४ वटा समूहको परिसूचक बढ्दा बाँकी ९ समूहको परिसूचक घटेको छ ।
०.४६ प्रतिशतले घटेको बजारमा ४९ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ३० कम्पनीको शेयर मूल्य घटेको छ ।
प्रतिक्रिया