Logo

समाचार

सरकारी खर्चमा खाजा खाएको भन्दै विरोध भएपछि फिनल्यान्डकी प्रधानमन्त्रीले रकम फिर्ता गर्ने



फिनल्यान्डकी प्रधानमन्त्री सान्‍ना मरिनले सरकारी खर्चमा खाजा खाएको भन्दै चर्को विरोध भएपछि अन्ततः साढे एक वर्षको सबै खाजा खर्च फिर्ता गर्ने भएकी छन् । हालै सरकारी पैसामा खाजा खाने गरेको भन्दै समाचारहरु प्रकाशित भएपछि प्रहरीले ३५ वर्षकी प्रधानमन्त्री मरिनमाथि अनुसन्धान गर्ने भएको थियो ।

समाचारहरुमा उनले आफ्नो बिहानको खाजाको लागि महिनामा सरकारी रकमबाट तीन सय युरो छुट्याएको उल्लेख थियो ।

यतिबेला मरिनले १४ हजार युरो सरकारी खातामै फर्काउने घोषणा गरेकी छन् । एनडीटीभीका अनुसार उनले आफूले खाना तथा खाजा भत्ता सरकारबाट कहिल्यै नलिने पनि बताएकी छन् ।

करदाताको पैसा दुरुपयोग गर्दै खाजा भत्ता छुट्याएको विषयमा भने उनको बिमति छ । उनी भन्छिन्, “नियमअनुसार नै मैले सुविधा लिएको थिए ।”

अबभने सरकारी नियममा त्यस्ता भत्ता छन् भने आफूले त्यसलाई अस्वीकार गर्ने बताएकी छन् । ट्याबलोइड पत्रिका इल्तालेहतीले करदाताको पैसा प्रधानमन्त्रीले दुरुपयोग गरेको भन्दै समाचार बनाएपछि फिनल्याण्डका विपक्षी दलहरूले पनि विरोध जनाएका थिए।

यद्यपि प्रधानमन्त्री मरिनले आफूले सरकारी खर्च दुरुपयोग नगरेको बताउँदै आएकी थिइन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार १२:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।