Logo

आजको तस्बिर

पैन्यूँको रूखमा तोप चरा आकर्षक गुँड



कीर्तिपुरको भत्केपाटीमा रहेका यी गुँड निकै आकर्षक छन्। कला र मेहनत मिलाएर बनाइएका यी गुँडहरु तोप चराका हुन्। गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ।

रुखमा झुन्डिएर हावाका झोक्कासँगै हल्लिरहेका यी गुँड तोप चराका भालेले बनाएका हुन्। उनीहरुले पोथीलाई लोभ्याउन घाँसपात जम्मा गरेर सकेजति राम्रा गुँड बनाउँछन्। 

प्रजननको समयमा तोप चरा विभिन्न ठाउँबाट काठमाडौँ आउँछन्। भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँछन्। पोथी आफूलाई मन परेको गुँड छानेर बस्छन्। त्यही गुँडमा फूल पार्छन्। 

 

RoS_Ktm20210601IMG_69075013.JPGRoS_Ktm20210601IMG_70865015.JPGRoS_Ktm20210601IMG_68365011.JPG

 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार १७:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।