Logo

आइतबार रातिसम्मकाे माैसम: कहाँ पर्छ पानी ?



शुक्रबार मुलुकका पहाडी भूभागका केही स्थानमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे प्रदेश १, प्रदेश २ र बागमी लगायत अन्य प्रदेशका पहाडी भूभागमा बदली रहनेछ।

शुक्रबार राति प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कावर्षाको सम्भावना छ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ।

शनिबार देशका पहाडी भूभागका थोरै स्थानमा पानी पर्नेछ भने आइतबार प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

आइतबार राति प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार ०६:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।