Logo

राजनीति

राजेन्द्र महतोको पुतला जलाउने एमालेकै ११ विद्यार्थी नेता पक्राउ



उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महताको पुतला जलाउने सत्तारूढ पार्टी एमालेकै खनाल–नेपाल समूहनिकट ११ जना युवा विद्यार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खनाल–नेपालनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासविच आरती लामा, सचिवहरू टपेन्द्र शाही, मेधनाथ चापागाईं रहेका छन् । 

त्यस्तै, महेश श्रेष्ठ, अशोक थापा, लक्ष्मी क्षत्री, हर्क बम, आकाश खनाल, अमर पुन, मानबहादुर बुढा पक्राउ परेका छन् । उनीहरूलाई बानेश्वरबाट पक्राउ गरिएको हो । उनीहरूलाई यतिवेला महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

उपप्रधानमन्त्री महतोले बहुराष्ट्र राज्यको वकालत गर्दै देश टुक्र्याउने अभिव्यक्ति दिएपछि विवादित बनेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार १९:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।