Logo

हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई दैनिक उपभोग्य वस्तुको अभाव



सिमकोट : चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायत सामग्री अभाव भएको हो । 

हिल्सामा बिओपी स्थापना भएको झण्डै एक वर्ष पुगेको छ । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म हुम्लाबाट प्रहरी निरीक्षक सुरज केसीका नेतृत्वमा २५ जनाको टोलीले हिल्सा नाकामा सीमा सुरक्षा दिँदै आएको छ । सशस्त्र प्रहरीलाई दाल, तेल, मसला, तरकारी दैनिक उपभोग्यवस्तु लगायतको अभाव भएको थाहा भएको छ ।  

यारी, याल्वाङ, मुचु, केर्मीलगायत गाउँबाट खरीद गरेर आपूर्ति गर्नुपर्ने अवस्था रहेको बताइएको छ  । सीमा सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई तरकारी र तेलको बढी समस्या भएको स्थानीयवासीले जनाएका छन् । 
    
हुम्लाको उत्तरी हिल्सा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले साना ठूला समस्यासँग जुधिरहनुपरेको छ । हिउँदको तीन महिना भारी हिमपात हुने हुम्लासहित उत्तरी हिल्सामा सशस्त्र प्रहरी बलको टोली यस वर्ष पहिलो पटक माइनस तापक्रममा पनि सीमा सुरक्षामा खटिएको छ ।
 
हिल्सामै स्थापना भएको नेपाल प्रहरीको प्रहरीचौकी भने जाडो याममा चिसो बढेपछि बसाइँ सर्ने गर्दै आएको छ तर सशस्त्रको बिओपी यस वर्ष पहिलो पटक हिल्सामा बसेको हो । 

प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार  ११ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।