संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नगारिक उड्डयन तथा हवाई क्षेत्रमा पछिल्ला दिन केही महत्वपूर्ण कामहरुको भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत मन्त्री भट्टराईले पछिल्ला दिनमा उड्डयन तथा हवाई क्षेत्रमा भएका केही महत्वपूर्ण र नविन कामहरुबारे जानकारी दिएका हुन् ।
मन्त्री भट्टराईका अनुसार असोज १५ गते कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत विमानस्थलको बिस्तार र स्तरोन्नती गर्न केन्द्र सरकार र प्रदेश सरकारका बीतमा लागत साझेदारी पत्रमा हस्ताक्षर भएको छ । सो विमानस्थलको बिस्तारको काम अब तत्काल अघि बढ्ने उनले बताएका छन् । त्यस्तै वर्तमान सरकार गठन भएपछि कालोपत्रे भएका बझाङ, डोटी र बैतडी विमानस्थलमा असोज १७ गते परीक्षण उडान सम्पन्न भएको र अब त्यहाँ नियमित उडान सुरु हुने मन्त्री भट्टराईले जानकारी दिएका छन् ।
प्रतिक्रिया