Logo

बागमती प्रदेश

बागमतीमा सरकार परिवर्तनको तयारीमा कांग्रेस



काठमाडौँ । बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको तयारीमा नेपाली कांग्रेस लागेको छ । कांग्रेसबाट पार्टीको प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुने छन् ।

प्रदेश प्रवक्ता प्रभात तामाङले यसअघि सरकार गठन भएको बेला आधा कार्यकाल नेकपा एकीकृत समाजवादीले र आधा कार्यकाल कांग्रेसले सरकार चलाउने सहमति भएको र सहमतिअनुसारको आधा कार्यकाल एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गरिसकेको बताए ।

उनले अब कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्ने बताए । ‘आधा कार्यकाल सकियो । अब त पालो कांग्रेसको हो’, प्रवक्ता तामाङले भने । ४ कात्तिकमा बसेको कांग्रेसँगै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को बैठकमा प्रदेशसभा कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार १७:०९   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।