Logo

समाचार

पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ



कास्की । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गास्थित जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ बस्ने स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका २४ वर्षीय दिपक गुरूङ लगायत छन् । उनीहरुलाई सोमबार राती पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।    

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार १३:२२   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।